८ चैत, एजेन्सी । चिनियाँ अर्बपति व्यापारी एवम् अनलाइन कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले भारत बाहेकाका एसियाली देशलाई सहयोग गर्ने भएका छन् ।

नेपाल लगायत केही एशियाली देशहरुलाई मास्क, टेष्ट किट, सप्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्ममिटर जस्ता कोरोना भाइरससँग जुध्न अत्यावश्यक सामाग्री उपलब्ध गराउने एक ट्विटमा माले भनेका छन् ।

नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, पाकिस्तान र श्रीलंकालाई चाँडै नै १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार प्रतिरोधात्मक वस्त्र वितरण गरिनेछ । यद्यपि उनले भारतमा किन नदिएको भन्नेबारे खुलासा गरेका छैनन् ।

यसबाहेक पनि भन्टिलेटर र थर्मोमिटर पनि दिइने ट्विटमा उल्लेख छ । नेपाललाई कति सहयोग आउँछ भन्ने चाहीं ट्विटमा खुलाइएको छैन । चाँडै डेलिभरी दिन कठिन भएपनि काम फत्ते गर्ने उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण रोक्न माले यस अघि पनि यूरोप र अमेरिकालाई लाखौं थान मास्क र टेष्ट किटलगायत अन्य आवश्यक वस्तु सहयोग गरेका थिए ।