२४ साउन, एजेन्सी । भारतमा तनावको माहोल अझै जारी छ ।

यस्तै तनावकाबीच बिरामी नेता भेट्न कश्मीर पुगेका भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी पक्राउ परेका छन् । यचुरीलाई कश्मीर प्रहरीले श्रीनगरबाट पक्राउ गरेको हो ।

आफ्नो गिरफ्तारीबारे यचुरीले ट्विटमार्फत जानकारी गराएका छन् । यचुरीको पक्राउलाई लिएर भाकपाले भारतीय सरकारबाट गैरकानुनी कदम अघि बढाएको भन्दै विरोध जनाएको छ ।

यचुरीले जम्मू–कश्मीरका गभर्नर सत्यपाल मलिकलाई पत्र लेखेर त्यहाँ गएको भएता पनि नियतबस आफूलाई नियन्त्रणमा लिएको बताए ।

भारत सरकारले सोमबार जम्मू–कश्मीरको विशेषाधिकार दिएको संवैधानिक व्यवस्था खारेज गरेपछि जम्मू–कश्मीरसँगै भारत–पाकिस्तान सम्बन्धमा पनि दरार देखिएको छ ।