२१ साउन, एजेन्सी ।
भारतको असाममा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । असामको काराझारमा कालो कपडा लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा अन्य थुप्रै मानिस घाइते भएका छन् ।

assam12_1470385431घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । सुरक्षाकर्मीको जवाफी कारवाहीमा आक्रमणकारी मारिएका छन् ।

बालुवाटार छिर्नु अघि प्रचण्ड सचेत, पुरानै सामानले काम चलाउने तयारी

विद्रोही समूह बोडोले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ । आक्रमणकारीहरु कति छन् भन्ने यकिन भईसकेको छैन ।

kokrajhar_147038609858_650x425_080516021330

आक्रमणकारीहरुले बजारमा लुकेर फायरिङ्ग गरेपछि सुरक्षाकर्मीले जवाफी कारवाही गरीरहेको हो । केही दिनअघि असममा स्थानीय विद्रोहीहरुले अगस्ट १५ अघि हिंसात्मक गतिविधि गर्नसक्ने आशंका गरिएका बेला बालचोनमा विस्फोट भएको हो ।

२ दिन पछि केपी ओलीको ट्वीट- सबैलाई धन्यवाद

प्रधानमन्त्री नरेन्द्र मोदीले असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालसँग टेलिफोन गरी घटनाबारे जानकारी लिएका छन् ।