२२ फागुन, एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै भारतमा पनि यसका २९ जना संक्रमित भेटिइसकेका छन् । त्यहाँको स्वास्थ्य मन्त्री हर्षवर्धनले २९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन् ।

कोरोना भाइरसको संक्रममण बढेसँगै भारतका विभिन्न राज्यहरुले यसको रोकथामको विभिन्न तरिका अपनाएका छन् । यसैबीच लखनउमा खुल्ला रुपमा माछा–मासु बेच्न प्रतिबन्ध लगाइएको छ । स्थानीय सरकारले प्रत्येक होटलमा सरसफाईको गर्न निर्देशन गरेको छ ।

खानेकुराको माध्यमबाट कसैलाई असर नगरोस् भन्दै सेमीकुक्ड (आधा पकाइएको) मासुलाई पूर्णतया प्रतिबन्ध लगाइएको छ । अब खुल्ला स्थानमा माछामासुको विक्रीवितरण गर्न नपाइने र त्यस्तो गरेको अवस्थामा कारवाही गरिने स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।