१८ मंसिर, एजेन्सी । भारतमा एक रेल मन्त्रीको फोटो अहिले भाइरल भएको छ । केन्द्रीय रेल मन्त्री पियुस गोयल संसद बैठकमा भाग लिन दौडिँदै गएको फोटो सामाजिक संजालहरुमा भाइरल भएको हो ।

बैठक कक्षमा छिर्न खोज्दा वरपर रहेका सांसदहरु उनलाई निकै चासाेका साथ हेरिरहेका थिए । तर यो तस्वीरले सामाजिक सञ्जालमा बहस चर्किएको छ । ट्वीटरमा उनको मजाक पनि उडाइएको छ । विभिन्न राज्यका सांसदहरुले समेत उनको फोटो फेसबुकर र ट्वीटरमा शेयर गरेका छन् । केहीले उनलाई ट्रोल बनाएका छन् भने केहीले तारिफ पनि गरेका छन् । कसैले रेल छुट्न लागेकाले आफ्नोे सिट सुरक्षित गर्न दौडिएको भन्दै मजाक पनि उडाएका छन् ।

खासमा उनी मन्त्रीपरिषदको बैठकमा थिए । उनले त्यसै दिन संसदमा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने थियो । त्यहि प्रश्नोत्तर कार्यक्रममा प्रश्न नछुटोस् भन्नका लागि दौडिएका भारतीय संचारमाध्यामले जनाएका छन् ।