२ असोज, कञ्चनपुर । भारतमा दुईवटा नेपाली बसलाई कारबाही गरिएको छ ।

नेपाल–भारतमैत्री बसका नाममा रुट परमिटबिना सन्चालन हुँदै आएका लु १ ख ८६७५ र ना ५ ख ४२४४ नम्बरका बसलाई उपक्षेत्रीय परिवहन कार्यालय टनकपुरले कारबाही गरेको हो ।

बसले धार्मिक यात्राको बहानामा एउटै परमिटमा धेरैपटक नेपाल र भारतका यात्री ओसारपसार गरेको पाइएको छ । परमिट सर्त उल्लंघन गरेको कसुरमा बसहरुलाई कारबाही गरिएको जनाइएको छ । रासस