२६ साउन, एजेन्सी । अविरल वर्षाका कारण आएको बाढीले भारतका विभिन्न राज्यमा १ सय ९६ जनाको मृत्यु भएको छ । सयौं मानिस घाइते भएका छन् ।

केरला, कर्नाटक, महाराष्ट्र, गुजरात र मध्यप्रदेशलगायतका राज्यमा बाढीले ठूलो क्षति पुर्याएको भारतीय संचारमाध्यामले जनाएका छन् । भारतीय मौसम विभागले केरलामा तिब्रगतिमा हावा चल्ने र अझै भारी वर्षा हुन सक्ने आशंका गरेको छ । केरलामा मात्रै बाढीले ६७ जनाको मृत्यु र ३२ जना घाइते भएको खबर छ । गुजरातमा बाढीका कारण २४ जनाले ज्यान गुमाएका छन् ।

लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने राहत र उद्दारको काम तिब्र पारिएको छ । भारतीय गृहमन्त्री अमित शाहले आइतबार कर्नाटकको वाढी प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् । बाढीका कारण ठाउँ ठाउँमा रेल सेवा बन्द रहेको छ । बाढी र पहिरोका कारण ठाउँ ठाउँमा राजमार्ग बन्द भएका छन् । केही स्थानमा हवाइ सेवा समेत प्रभावित भएको भारतीय संचारमाध्यामले जनाएका छन् ।