एजेन्सी । भारत र चीनबीचको सीमा विवाद उग्र बन्दै गएको छ । सीमा विवादलाई लिएर चीनले आफ्ना नागरिकका लागि परामर्श जारी गरेको छ ।

समाचार एजेन्सी पीटीआइका अनुसार चीनको दिल्लीस्थित दुतावासले भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।
चीनियाँ दुतावासका एक अधिकारीले पीटीआइलाई भने, यो यात्रा चेतावनी होइन, चीनका नागरिकलाई सचेत रहन सुझाव दिइएको हो ।

चीनले भारतमा रहेका आफ्ना नागरिकलाई सुरक्षाका हर उपाय अपनाउन र सचेत रहन भनेको हो । दुई देशबीच सिक्किमको डोकलाम क्षेत्रमा तनाव उत्पन्न भएको छ ।