एजेन्सी । गएराति आएको भीषण हावहुरी र चट्याङका कारण भारतका विभिन्न राज्यमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाञ्चल, हरियाणा र नयाँ दिल्लीमा अरु ४० जना घाइते भएका छन् ।

राजस्थान, गुजरात र मध्यप्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् । यि तीन राज्यमा मात्रै ३४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । हावाहुरीका कारण रुख ढलेर सडकमा रोकिराखेका गाडी थिचेको छ । बिजुलीका पोलहरु ढल्दा र तार चुँडिदा धेरै स्थानमा बिजुली अवरुद्ध भएको छ ।

भारतीय मौसम विभागले आज र भोली पनि हावाहुरी, चट्याङ र वर्षाको संभावना रहेकाले शतर्क रहन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।