६ चैत, एजेन्सी । भारतमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हर्षबर्धननले कोरोनाका कारण भारतमा चौथो व्यक्तिको मृत्युु भएको पुष्टि गरेका हुन् ।

मृतक व्यक्ति पञ्जाबका हुन् । मन्त्री हर्षबर्धनका अनुसार त्यहाँ अहिलेसम्म १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने १५ जना उपचारपछि घर फर्किएका छन् । भारतमा कोरोनाबाट पहिलो मानिसको मृत्यु कर्नाटकमा, दोश्रो मृत्यु दिल्लीमा र तेश्रो मृत्यु महाराष्ट्रमा भएको थियो ।

कोरोनाक कारण हालसम्म विश्वभर २ लाख २५ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये ९ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ८५ हजार ८ सय ३१ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म सबैभन्दा धेरै मासिको मृत्यु चीनमा (३२ सय ४५) भएको छ भने त्यसपछि इटलीमा (२९ सय ७८) भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।