२३ साउन, एजेन्सी । भारतले जम्मू कश्मीर राज्यको विशेषाधिकार व्यवस्था गरिएको संविधानको धारा ३७० र ३५ ए खारेज गरेपछि भारत र पाकिस्तानबीचको तनाव गहिरिँदै गएको छ ।

भारतसँग आर्थिक र कुटनीतिक सम्बन्ध तोडको पाकिस्तानले आफ्नो देशमा भारतीय फिल्म प्रदर्शन गर्न पनि रोक लगाएको छ । यसअघि बिहीबारै इमरान खान नेतृत्वको सरकारले सम्झौता एक्सप्रेस रेल भारतीय सीमा नजिक रोकेको थियो भने भारतीय विमानका लागि तीन वटा एयरस्पेसमाथि प्रतिबन्ध लगाएको थियो ।

पाकिस्तान यतिमा मात्रै रोकिएन । उसले फेरि भारतीय फिल्म पाकिस्तानमा प्रदर्शन गर्न रोक लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्रीका विशेष सूचना सल्लाहकार फिरदौस आशिक अवानले भने, कुनै पनि भारतीय फिल्म पाकिस्तानमा प्रदर्शन हुँदैन । यस्ता निर्णय पाकिस्तानले कश्मिरको समर्थनमा गरेको उनले बताए ।