२६ मंसिर, एजेन्सी । बांग्लादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनले आफ्नो भारतीय भ्रमण रद्द गरेका छन् । उनी भारतमा हुने इंडियन ओसन डाइलग र दिल्ली डाइलगमा सहभागी हुनको लागि आउने तयारीमा थिए ।

बांग्लादेशी विदेश मन्त्रीले बिहीबार बिहानमात्र भारतमा आहिले चर्चामा रहेको नागरिकता विधेयकमाथि आफ्नो प्रतिक्रिया दिएका थिए । विदेशमन्त्री मोमेनले डिसेम्बरको १३ देखि १४ तारिखसम्म भारत भ्रमण गर्न लागेको हुन् ।

यात्रा रद्द गर्दै बांग्लादेशी विदेशमन्त्रीले भनेका छन्, ‘म दिल्लीको केही कार्यक्रममा भाग लिनको लागि जानुपर्ने थियो । तर विदेश राज्यमन्त्री र विदेश सचिव पनि देशभन्दा बाहिर भएकोले म देशमै हरनुपर्ने अवस्था आयो । तर जनवरीमा यो वैठकमा अवश्यपनि सहभागी हुनेछु । उनको स्थानमा बांग्लादेशी डिजी भारत जानेछन् ।’

बिहीबार बिहान अब्दुल मोमेनले भारतीय गृहमन्त्री अमित शाह बांग्लादेश आउनुपर्ने बताएका थिए । बांग्लादेशमा साम्प्रदायिक सौहार्दको बारेमा बुझ्नको लागि शाह आफ्नो देशको भ्रमण गर्नुपर्ने बताए । यसको अलावा बांग्लादेशी विदेशमन्त्रीले भारतभित्र एकदमै धेरै समस्या रहेको बताएका थिए । भारतले आफ्नो देशमा भइरहेको समस्याको समाधान पहिला गर्नुपर्ने तर्क राख्दै उनले भारतले दुई देशको सम्बन्धमा दरार आउने कुनैपनि क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।

नागरिकता संसोधन विधयेकमा बांग्लादेश, पाकिस्तान, अफगानिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीलाई नागरिकता पाउने प्रावधान छ । असमसहित कैयौँ पूर्वी राज्यहरुमा बांग्लादेशबाट आइरहेका मानिसहरु एक समस्याको रुपमा रहेका छन् ।