१२ भदौ, एजेन्सी । कश्मीर मुद्दामा भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानले ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ ।

यो मिसाइल जमीनबाट जमिनमै २ सय ९० किलोमिटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । पाकिस्तानी सेनाका प्रवक्ताले आज विहीबार ट्वीटरमार्फत् यस्तो जानकारी दिएका हुन् । गजनवी मिसाइल परीक्षणका लागि प्रधानमन्त्री र राष्ट्रपतिले बधाइ दिएको उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

यसै वर्ष मे महिनाको अन्त्यमा पाकिस्तानले शाहीन २ मिसाइल को परीक्षण गरेको थियो । यो पनि जमिनबाट जमीनमै मार हान्न सक्ने ब्यालेष्टिक मिसाइल हो । भारत पनि मिसाइल शक्ति सम्पन्न राष्ट्र हो । भारतसँग विभिन्न ९ प्रकार मिसाइल रहेको छ । जसमा अग्नि ३ पनि सामेल छ । अग्नी ३ ले ३ देखि ५ हजार किलोमिटरसम्म माार हान्ने क्षमता राख्दछ ।

भारत र पाकिस्तान परमाणु शक्ति सम्पन्न राष्ट्र भएकाले दुई देशबीच युद्ध भएमा विश्वका अरु देश पनि प्रभावित हुनेछ ।