२० कात्तिक, काठमाडौं । नयाँ नक्सामा भारतले नेपाली भूमि राखेको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तीमा एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । आन्दोलनका कार्यक्रम अनुसार कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने रहेका छन् । त्यसैगरी कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने कार्यक्रम तय गरिएको छ।

‘नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो, विज्ञप्तिमा भनिएको छ, ‘यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो। हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ।’ नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भागलाई भारतमा गाभेकोमा आपत्ति जनाउँदै नेकपाले आन्दोलन थालेको हो।