३० भदौ, काठमाडौं ।

नेपालका लागि भारतका पूर्व राजदुत जयन्त प्रसादले मधेशीको माग पुरा नगरे नेपालले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएको एक दिनपछि भारतको एक चर्चित अखबारले सम्पादकीय लेखेर भारतले नेपालमा हस्तक्षेप गर्न आह्वान गरेको छ ।

विहारका भाजपा सांसदले नेपालमाथि हस्तक्षेप गर्न दिल्ली गुहारे

भारतको चर्चित अखबार द हिन्दुस्तान टाइम्सले संविधानको मस्यौदालाई मधेसवादी दललाइ नसमेटेको भन्दै यसले आन्तरिक द्वन्द्व शुरु हुन सक्ने भन्दै भारतले हस्तक्षेप गरेर नेपाली नेतालाई सम्झाउन पर्ने भनिएको छ ।

hindustan times editorial on Nepal

दिल्लीबाट तत्काल नेपालका लागि भारतबाट विशेष दुत पठाउनु पर्ने अपिल गरेको उक्त सम्पादकीयमा नेपालका तीन ठूला दलले असन्तुष्ट समूहलाई पेलेर अघी बढ्न खोजेको भन्दै सहमतिमा मात्र संविधान जारी गरिनु पर्ने कुरामा जोड दिइएको छ ।

ओलीले विशेष दुत भारत पठाउनुको रहस्य के हो ?

यस अघि द हिन्दुमा ‘संघीयता- नेपालको अन्तिम सीमाना’ शीर्षको लेख प्रकाशित गर्दै नेपालका लागि भारतका पूर्व राजदुत जयन्त प्रसादले मधेशलाई पाखा लगाएर संविधान जारी गर्दा गम्भिर परिणाम आउने चेतावनी दिएका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीसँग गरेको कुराकानी र दिएको सुझावलाई समेत नेपालले लत्त्याएको आरोप उनले लगाएका छन् ।

भारतीय पूर्व राजदुतको चेतावनी- मधेस आन्दोलनबाट नेपालले ठूलो मूल्य चुकाउने छ

गत साता मात्र एक नेपाली पत्रकार प्रशान्त झाले भारतीय अखबारमा लेख प्रकाशित गर्दै भारतलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । नेपालमा संविधान जारी हुन लागेको समयमा भारतीय मिडियामा आक्रामक सामग्री प्रकाशित भैरहेका छन् ।

मधेशमा जन्मेका नेपाली पत्रकारको भारतसँग अपिल- नेपालमा हस्तक्षेप गर्न ढिला भो !

मंगलबार मात्र सत्तारुढ प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका विहारी सांसदहरुले नेपालमा जारी तनाव अन्त्य गर्न भारतले हस्तक्षेप गर्नु पर्ने माग गरेका थिए ।  नेपालसँग सीमा जोडिएका भागहरुको संवेदनशीलताप्रति इङ्गित गर्दै सांसदहरुले विहारको चुनावमा समेत नेपालको तनावको प्रभाव पर्ने चिन्ता ब्यक्त गरेका छन् ।