काठमाडौं, ९ जेठ । भारतमा विभिन्न चरणमा सम्पन्न लोकसभा चुनाव अन्तर्गत बिहीबार विहानैदेखि मतगणना भइरहेको छ ।

ताजा अवस्थामा अहिलेसम्म कुनै पनि सिटको पूर्ण नतिजा प्राप्त भएको छैन । अहिलेसम्म सत्तारुढ भारतीय जनता पार्टी अत्याधिक बहुमत तर्फ अग्रसर देखिएको छ । जम्मा ५ सय ४३ सिटका लागि भएको चुनावमा सरकार गठनका लागि बहुमत ल्याउन २ सय ७२ सिट चाहिन्छ । भाजपाले अहिलेसम्म मतगणना चलिरहँदा ३ सय ५२ सिटमा अग्रता कायम गरेको छ ।

जसले नरेन्द्र मोदी फेरि भारतको प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तै भएको छ । काँग्रेस आई भने अलिेसम्म ८६ सिटमा अगाडि देखिएको छ । सन् २०१४ मा भारतीय जनता पार्टीले ३ सय ३६ सिट जितेको थियो ।