१२ कात्तिक, काठमाडौं ।

भारतका पूर्व सूचना तथा प्रसारण मन्त्री मनिष तिवारीले नाकाबन्दी लगाएर भारतले नेपालमा पराजय भोगेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री मोदीले नेपालमा चीनसँग पराजय भोगेको उनको टिप्पणी छ ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

प्रधानमन्त्री मोदी अफ्रिका भ्रमणमा रहेको समयमा मोदीको इण्डिया-अफ्रिका सम्मेलनको सम्बोधन अघि मनिष तिवारीले ट्वीटरबाट मोदीलाई अफ्रिका छोडेर छिमेकतिर हेर्न आग्रह गरेका छन् ।


Manish Tiwari On Modi.JPG 1

उनले भनेका छन्, ‘अफ्रिकालाई भुल्नुस् प्रधानमन्त्री ज्यू, तपाइँले नेपालमा चीनसँग पराजय भोग्नु भएको छ, हिन्दु राष्ट्रको हठले नेपालमा अव चीनले इन्धन दिने छ ।’

Manish Tiwari On Modi

मनिष तिवारी भारत लुधियानाका कांग्रेस नेता हुन् ।

शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)

यस अघि कांग्रेसका एक नेताले मोदीको नेपाल प्रोपोगाण्डा गोयबल्स शैलीको भएको भन्दै असफल भएको टिप्पणी गरेका थिए ।