२९ भदौ, काठमाडौं ।

नेपालका लागि भारतका पूर्व राजदुत जयन्त प्रसादले मधेशीको माग पुरा नगरे नेपालले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । मधेशी लगायतका असन्तुष्ट पक्षको माग संबोधन नगरी संविधान जारी भएमा नेपालमा गम्भिर अवस्था आउन सक्ने उनको चेतावनी छ ।

भारतको चर्चित भारतीय अखबार द हिन्दुमा ‘संघीय ता- नेपालको अन्तिम सीमाना’ शीर्षको लेख प्रकाशित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

jayanta prasad

असन्तुष्टहरुको मागलाई सम्बोधन नगरी अघि बढ्दा देशमा अर्को विद्रोहको वातावरण तयार भैरहेको उनको विश्लेषण छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीसँग गरेको कुराकानी र दिएको सुझावलाई समेत नेपालले लत्त्याएको आरोप उनले लगाएका छन् ।

मधेस र जनजाति आन्दोलनमार्फत नेपालमा एउटा विद्रोह देखा परिरहेको उनको भनाई छ । कम आक्रामक मानिएका जयन्त प्रसादको यो लेखलाई भारतीय कुटनीतिक धारणाकोरुपमा मान्न सकिने समेत कतिपयको बुझाइ छ ।

सुशीललाई मोदीको फोन र बामदेवलाई राजदुतको खप्कीः के गर्न खोज्दैछ भारत ?

तराइमा आगो बलिरहेको भन्दै भारतीय कुटनीतिक जयन्तले ४० जनाको ज्यान जाने गरी भैरहेको पछिल्लो तनाव जनजाति, मधेशी थारु लगाउतका पक्षको मागलाई वेवास्ता गरिएका कारण उत्पन्न भएको उनको भनाइ छ । दमन राजनीतिक समाधानको बाटो नहुने भन्दै जनआन्दोलन र मधेश आन्दोनलको उदाहरण समेत उनले दिएका छन् ।

Jayanta Prasad Article

नेपालका विश्लेषक सीके लालको विश्लेषणलाई उदृत गर्दै उनले नेपाली राज्यले एकात्मक र बहिस्करणको नीति कायम राखेको आरोप समेत लगाएका छन् ।

गत साता मात्र एक नेपाली पत्रकार प्रशान्त झाले भारतीय अखबारमा लेख प्रकाशित गर्दै भारतलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

मधेशमा जन्मेका नेपाली पत्रकारको भारतसँग अपिल- नेपालमा हस्तक्षेप गर्न ढिला भो !