१४ मंसिर, एजेन्सी ।

नेपालमाथि भारतले लगाएको नाकाबन्दीपछि भारतमा पनि यो विषयले उच्च महत्व पाएको छ ।

नेपालमा भारत विरोधी भावना बढेको भन्दै भारतीय सांसदहरुले मोदी सरकारको आलोचना गर्न थालेपछि संसदमा यो विषयको छलफलमा नै प्रतिबन्ध लगाइएको छ ।

Loksaba India

सोमबार हिँउदे अधिवेशनको शुरुमै लोकसभामा सरकारमाथि आक्रामकरुपमा प्रस्तुत भएको भारतीय कांग्रेसले मोदी सरकारको आलोचना गर्न नेपालको विषयलाई समेत मसला बनाएको छ । तर लोकसभाका सभामुख सुमिा महाजजनले यो विषयमा बोल्न नै प्रतिबन्ध लगाएर कार्यसूची अघि बढाएकी थिइन् ।

कांग्रेस मात्र नभएर अन्य साना दलले समेत नेपालको विषयमा कुरा उठाएका छन् । मोदी सरकारले नेपालमा भारत विरोधी भावना बढाएको भन्दै मोदीको चर्को आलोचना भएको छ ।

आरजेडीका सांसद राजेश राजन, काँग्रेसका सभासद एम भिरप्पा मोइली लगायतले नेपालमा बढेको भारत विरोधी भावनाबारे बोलेपछि सुमित्राले यो विषयमा बोल्न प्रतिबन्ध लगाएकी हुन् ।

नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक

यस अघि नेपाल भारत सीमामा देखिएको असहजता, नेपालमा उत्पन्न मानवीय संकट र मधेस आन्दोलन सहितका विषयमा भारतमा पहिलो पटक संसदीय समितिको बैठकमा छलफल भएको थियो ।

काग्रेस आईका बरिष्ठ नेता करण सिंहले विदेशमन्त्री शुष्मा स्वराजलाई आफूले स्पष्ट रुपमा नेपालमा किन नाकाबन्दी गरेको भनि प्रश्न गरेका थिए ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सबादी) महासचिव सीताराम ऐचुरीले पनि नेपालको पीडामा चुप लागेर बस्न नसक्ने भन्दै नेपालको मुद्दा संसदमा दह्रो ढंगले उठाउने प्रतिबता ब्यक्त गरेका थिए । उनले नेपालमा जारी समस्या संबादबाटै तत्काल टुङग्याउन समेत सुझाव दिएका थिए ।