२७ साउन, एजेन्सी । भारतले जम्मू कश्मीर राज्यको विशेषाधिकार खोसेपछि रुष्ट बनेको पाकिस्तानले भारतको सीमानमा लडाकु विमान तैनाथ गरेको छ ।

लद्दाखमा रहेको स्कदू ऐयरवेसमा लडाकु विमान तयारी अवस्थामा राखेको भारतीय संचारमाध्यामले जनाएका छन् । जम्मू कश्मीरलाई दिइँदै आएको विशेषाधिकार खारेज गरेपछि पाकिस्तान र भारतको तनाव गहिरिएको छ । फाइटर एयरक्राफ्टका उपकरण एयरवेसमा उतारिएको समाचारमा उल्लेख छ ।

भारतीय जासुसी संस्थाले वायुसेना र स्थल सेनालाई विमानको तैनाथीबारे सचेत गराएको छ । पाकिस्तान वायु सेनाले यहाँ सैन्य अभ्यास गर्ने तयारी गरिरहेको छ । पाकिस्तानले सी १३० ट्रान्सपोर्ट एयरक्राफ्टको पुरानो भर्सन प्रयोग गरिरहेको छ । पाकिस्तानले यो धेरै समय पहिले अमेरिकासँग किनेको थियो । १९८८ अगस्त मा पाकिस्तानका तत्कालीन राष्ट्रपति जिया उलक हकको मृत्यु पनि सी १३० को दुर्घटनाका कारण भएको थियो ।