१९ साउन,एजेन्सी। भारतीय सेनाले भिडन्तमा मारिएका सेनाको शव लैजान पाकिस्तानलाई भनेको छ।

भारतीय सेनाले पाकिस्तनाको बोर्डर एक्सन टिम(बिएटी) जम्मु कश्मिरको केरान क्षेत्रमा गरेको आक्रमणलाई निस्तेज गरेको बताएको जसमा ५ देखि ७ जनाको ज्यान गएको भारतीय सेनाले बताएको पिटिआईले लेखेको छ।

भारतीय समाचार सस्था पिटिआईले भारतीयको सेनाको उच्च स्रोतलाई उल्लेख गर्दे यो समाचार सार्वजनिक गरेको हो।

सेनाको स्रोतलाई हवाला दिँदै पिटिआईले जनाए अनुसार पाकिस्तानी बोर्डर एक्सन टिम(बिएटी)ले जुलाई ३१ र अगष्ट १ मा भारत घुसपैठको कोसिस गरेको थियो।

मारिएका सैनिक वा अन्य व्यक्तिका शवहरु भारतीय भुमि तर्फ रहेका छन् ।

यस घट्नाको विषयमा पाकिस्तानको तर्फबाट कुनै  प्रतिक्रिया आएको छ।