१४ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चीन र भारतबीच देखिएको विवादमा पश्चिमा देशहरुको षड्यन्त्र रहेको जिकिर गरेका छन् ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघद्वारा शनिवार काठमाडौंमा आयोजित चीन भारत तनाव र त्यसको प्रभाव विषयक विचार गोष्ठीमा आफ्नो धारण राख्दै अध्यक्ष विजुक्छेले यस्तो जिकिर गरेका हुन् ।

उनले चीनले गर्दै गरेको विकास र अबको केही वर्षमा विश्वको पहिलो अर्थतन्त्र वन्नवाट रोक्न अमेरिकालगायत पश्चिमा देशहरुले षड्यन्त्र गरेर यो विवाद अगाडि ल्याएको बताए । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले घटनाको अध्ययन गर्दै सरकारले पनि आफ्नो धारणा राख्नुपर्ने बताए ।