१२ फागुन, एजेन्सी । भारतको अहमदाबादस्थित मोटेरा स्टेडियममा भएको नमस्ते ट्रम्प कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले एकपटक फेरि बलिउड फिल्मको तारिफ गरेका छन् ।

ट्रम्पले आफ्नो भाषणाको क्रममा भनेका छन्, ‘पूरै विश्वका मानिसहरु बलिउड फिल्महरुको संगीत र भांगडा डान्स मन पराउँछन् । विशेषगरी परम्परागत फिल्म डीडीएलजे र शोलेलाई धेरैले मन पराउँछन् ।’

ट्रम्पले एकदिन अघि पनि आयुष्मान खुरानाको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’को तारिफ गरेका थिए । पिटरले आयुष्मानको फिल्मसँग जोडिएको एक आर्टिकल सेयर गरेका थिए ।

ट्रम्पले ब्रिटिश एक्टिविस्ट पिटर ट्याचलको ट्वीटलाई रिट्वीट गर्दै ‘गज्जब’ लेखेका थिए । राष्ट्रपतिको ट्वीटमा पिटरले भनेका थिए, ‘ट्रम्पको ट्वीट एउटा पिआर स्टन्ट मात्र होइन, सिरियस मुद्दाहरुमा सिरियस हुनु पनि हो ।’