काठमाडौं ।

बेइजिङ पुगेर आएपछि संविधान जारी गर्नका लागि विलम्ब गर्न नहुने बताइरहेका एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको प्रक्रिया शुरु भएपछि दिल्लीको भ्रमण गरे । भारतबाट फर्केपछि उनले हिन्दु राष्ट्रबारे केही नरम भाषा बोल्दै संविधान जारी गर्ने पर्ने र कुनै पनि एजेण्डाले अव संविधान जारी गर्ने काम नरोकिने उद्घोष गरे । संविधान जारी हुने मिति तय भएपछि त्यसलाई रोक्न काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतलाई स्पष्ट भाषामा भने- तपाइँ आएको समय मिलेन । भारतीय दुतलाई रिसाएर दिल्ली फर्काउन प्रमुख भूमिका खेलेका प्रचण्डले संविधान जारी भएपछि सैनिकमञञ्चबाट फेरी उद्घोष गरे- हामी दिल्लीको एसम्यान हुन सक्दैनौं ।

के योजनामा छन् प्रचण्ड

प्रचण्ड बोलेका कुरा भारतीय मिडियामा प्रधानमन्त्री सुशील कोइराला बोलेका वा भावि प्रधानमन्त्रीमा दरिइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेका कुराले भन्दा बढी महत्व पाए । भारतीय नाकाबन्दीपछि चीनले भ्रमणको निम्तो दिएपछि पनि प्रचण्ड भारतीय मिडियामा हेडलाइन बनेका थिए ।

Prachanda modi india

भारतीय मीडियाको प्रतिक्रिया हेर्दा प्रचण्डलाई अन्य नेतालाई भन्दा माथि राखेर महत्व दिएको देखिन्छ । सायद यहि कुरा बुझेर होला प्रचण्डले चीन र भारतलाई सन्तुलनमा राखेर अन्तराष्ट्रिय सम्बन्धमा आफ्नो हात माथि पार्ने संकेत देखाएका छन् । चीनबाट इन्धन ल्याउँदा सरकारलाई नै सहज हुने तर भारत रिसाउने कुरा प्रचण्डलाई थाहा छ । चीनबाट इन्धन ल्याउन हुँदैन भन्ने अवस्थामा प्रधानमन्त्री ओली छैनन् ।

चीनबाट इन्धन ल्याउन लाग्दा भारतीय मिडियामा तरंग

प्रचण्डकै निर्देशनमा एमाओवादीका वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले चीनबाट इन्धन आपुर्तिका लागि सक्रिय पहल गरिरहेका छन् । प्रचण्डकै निर्देशनमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा गत शुक्रबार नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा. महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको थियो । चीनले एक साता भित्र नेपालाई १ हजार टन इन्धन उपलब्ध गराउने बताइसकेको छ । इन्धन चीनबाट ल्याउँदा आफूले स्टेरिङ चलाइरहेको सरकार सफल हुने र भारतलाई साइजमा राख्न सकिने कुरामा प्रचण्ड विश्वस्त देखिन्छन् ।

चीनबाट इन्धन, खिलराजलाई राष्ट्रपति

भारत नेपालसँग ३ तिरबाट सीमाले घेरेको मुलुक हो । भारतलाई साइजमा राख्न सक्ने खुवी नभएसम्म भारतसँग निहुँ मात्र खोजेर नहुने कुरा प्रचण्डले राम्रै बुझेका छन् । उनले भारतलाई प्रष्ट शब्दमा भनेका छन् कि नेपाल भारतको मित्र बन्न चाहन्छ र मित्रले मात्र भारतको स्वार्थ रक्षा गर्न सक्छ । भारतले प्रचण्ड-ओली गठबन्धनको सरकारलाई असफल पार्न सबै कदम चाल्ने संकेत गरेपछि प्रचण्ड दवावमा पनि छन् । चीनसँग इन्धन ल्याउने प्रयास जारी रहँदा भारतमा तरंग देखिएको छ । यही तरंगकाबीच सरकार हाँक्ने उच्चस्तरीय समितिको स्टेरिङ समातिरहेका प्रचण्डले चीनबाट इन्धन ल्याएर भारतलाई साइजमा राख्ने र भारतले चाहेका कुरा पनि केही हद सम्म पुरा गर्दै सन्तुलन कायम गर्ने प्रयास गरिरहेका उनी निकट एक नेताले हेडलाइन्सलाई जानकारी दिए ।

Prachanda china india reaction

ओली सरकारलाई शुरु देखि नै असहयोग गर्ने संकेत गरेको भारतले परराष्ट्रमन्त्री नै भारत गएर फर्कि सक्दा पनि इन्धन आपुर्ति नगरेपछि सरकारले भारतले बोलेको कुरा नभनेको भनेर संसदलाई जानकारी गराएको छ । शनिबार संसदमा बोल्दै परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका क्रममा भारतीय शीर्ष नेतृत्वले आपूर्ति व्यवस्था सहज बनाउन दिएको आश्वासन हालसम्म पूरा नभएको बताए । भारतबाट फिर्ता भएको यत्रो दिन बितिसक्दा पनि सीमानाकामा अवरोध र आपूर्तिमा असहजता कायम रहेकोमा उनले चिन्ता व्यक्त गरेपछि उनको भारत भ्रमण असफल भएको प्रष्टिएको छ । सरकारमाथि दवाव बढाउने भारतीय रबैया नबदलिएपछि भारतले रुचाएका र स्वच्छ छविका तथा सर्वस्वीकार्य बन्न सक्ने खिलराज रेग्मीलाई राष्ट्रपति बनाउने पहलको नेतृत्व प्रचण्डले थालेका छन् । प्रचण्डकै इसारामा कांग्रेसले खिलराजको नाम अघि सारेको छ भने एमाले समेत त्यसमा सकारात्मक देखिएको छ । चीनसँग नजिकिएको भनेर विच्किएको भारतलाई उसले चाहेको सत्तारुढ दलइत्तरको ब्यक्ति तथा आफूले पनि ठिकै मानेको उम्मेदवार राष्ट्रपति बन्दा केही सहज हुने विश्लेषकहरुले बताएका छन् ।

फेरि एक पटक खिलराज !

इतिहासमै नभएको निर्णयको आधारमा चुनावी सरकारको नेतृत्व गरेका खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने प्रस्ताव पनि प्रचण्डले नै अघि सारेका थिए । पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको नामले भावी राष्ट्रपतिकोरुपमा चर्चा पाउन थाल्नुले भारतले भनेको पनि हुने र चीनबाट इन्धन ल्याउँदा भारत साइजमा पनि रहने आँकलन प्रचण्डको रहेको छ ।

prachanda-and-khilraj

एमालेले आफ्नै पार्टीबाट राष्ट्रपति बनाउने चाहेको भएपनि माधव नेपाल लगायतका नेताहरु खिलराजको नाममा सकारात्मक देखिनुले प्रचण्डको पछिल्लो प्रयोग सफल हुने संकेत समेत देखिएको छ । तर भारत विरोधी उम्मेदवारकोरुपमा प्रधानमनन्त्री बनेका केपी ओलीको अन्तराष्ट्रिय सम्बन्ध भने निम्छरो बन्दै गएको देखिएको छ । चीनले पनि खासै महत्व नदिएका र भारतको आँखामा तारो परेका ओली अन्तराष्ट्रिय सम्बन्ध अघि बढाउन खोजेपनि प्रचण्डको छायाँबाट मुक्त हुन कठिन देखिएको छ । यो अनौठो संयोगमा यस अघी सरकार प्रमुख बनिसकेका खिलराज रेग्मी भने देशको राष्ट्रपति बन्ने सौभाग्यको नजिक देखिएका छन् ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)