२३ जेठ । काठमाडौं भरतपुर मतगणना भएको मतपत्र च्यात्ने कामलाई प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भारत र श्रीलंकाबीच १९९६ मा भारतको कोलकातामा भएको विश्वकप क्रिकेटको सेमिफाइनलसँग तुलना गरेका छन् ।

कोलकातामा भारतले २५१ रन बनाएर भारतलाई २५२ रनको लक्ष्य दिएको र श्रीलंकाले ५२ रन बनाएपछि भारतीय समर्थकले हुलदंगा गरेपछि श्रीलंकालाई विजयी घोषणा गरिएको बताएका छन् ।

तर, १९९६ मा कोलकातामा श्रीलंकाले पहिले ब्याटिङ गर्दै २५१ रन बनाएर भारतलाई २०५२ रनको लक्ष्य दिएको रहेछ । भारतले १२० रन बनाउँदा ३४.१ ओभरमा ८ विकेट गुमाएपछि भारत हारतर्फ लम्किएपछि खेलमा दर्शकले हुलदंगा नै गर्न पुगेका थिए । त्यसपछि भारतीय पक्षबाट हुलदंगा भएको भन्दै श्रीलंकालाई विजयी घोषित गरेका थिए ।

भएकाे यस्ताे हाे ( हेर्नुस् स्काेरकार्ड)

केपी ओलीले भरतपुर महानगरमा देवी ज्ञवाली ७८४ मतले अघि रहँदा सत्ता पक्षले मतपत्र च्यातेको घटना सो क्रिकेटसँग जोड्दै ओलीले श्रीलंकालाई जस्तै एमालेका उम्मेदवारलाई विजयी घोषणा गर्न माग गरेका छन् ।

तर, उनले क्रिकेटमा के भएको भन्ने वास्तविक नबुझि हचुवाको भरमा उदाहरण प्रस्तुत गरेका हुन् ।