१८ असोज, काठमाडौं । वडा दशैँको सातौँ दिन शनिबार गोरखा दरवारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकामा भित्र्याइएको छ । विशेष समारोहको आयोजना गरी गोरखा दरबारबाट ल्याइएको फुलपाती भित्र्याइएको हो । फुलपाती भित्र्याउने कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईको पनि उपस्थिति थियो ।

बडा दशैँको सातौँ दिन शनिबार गोरखादरवारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकामा भित्रयाइँदै ।

यस्तै फुलतपातीकै अवसरमा नेपाली सेनाको सैनिक मञ्च टुँडिखेलमा बढाइँको प्रदर्शन गरेको छ । बढाइँको अवलोकन गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सरकारमा मन्त्रीहरु तथा उच्च पदस्थ व्यक्तिहरुको सहभागी भएका थिए ।

सैनिक मञ्च टुडीखेलमा फूलपातीको अवसरमा नेपाली सेनाद्वारा गरिएको बढाइँ हेर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।

नेपाली सेनाले बढाइँको साथमा हेलिकप्टरबाट पुष्पवृष्टि, मार्चपास लगायतका प्रदर्शनीहरु प्रस्तुत गरेको थियो । हेरौं तस्बिरहरुः

बडा दशैँको सातौँ दिन शनिबार गोरखादरवारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकामा भित्रयाइँदै ।
सैनिक मञ्च टुडीखेलमा फूलपातीको अवसरमा शनिबार नेपाली सेनाद्वारा गरिएको बढाइँ हेर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।
सैनिक मञ्च टुडीखेलमा फूलपातीको अवसरमा शनिबार नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
सैनिक मञ्च टुडीखेलमा फूलपातीको अवसरमा शनिबार नेपाली सेनाको व्याण्ड टोली मार्चपास गर्दै ।
सैनिक मञ्च टुडीखेलमा फूलपातिको अवसरमा शनिबार नेपाली सेनाको हेलिकोप्टरद्वारा पुष्पवृष्टि गर्दै ।
सैनिक मञ्च टुडीखेलमा फूलपातीको अवसरमा शनिबार नेपाली सेनाद्धारा वढाई गर्दै ।
सैनिक मञ्च टुडीखेलमा फूलपातीको अवसरमा शनिबार नेपाली सेनाका जवानहरु मार्चपासमा सहभागी हुँदै ।
सैनिक मञ्च टुडीखेलमा फूलपातीको अवसरमा शनिबार नेपाली सेनाद्वारा बढाइँ गर्दै ।

सबै तस्बिरः रासस