१३ फागुन, बाँके । बाँके रझेनाका एक व्यक्तिले आफ्नै १२ बर्षीय सालीलाई जवरजस्ती भगाएको भन्दै पीडित पक्षले कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका छन् । गत फागुन ९ गते रझेना ३ वेलनपुरका २८ बर्षीय रिजवान अली जागाले १२ बर्षीय छोरीलाई भगाएर बेपत्ता बनाएको भन्दै परिवारले खोजी र कारबाहीको माग गर्दे उजुरी दिएका हुन् ।
फागुन ९ गते बिहान ११ बजे बाख्रा गोठालाका गएकी सफीना जागालाई जवरजस्ती विवाह गरेर भगाएको भन्दै बुबा सहद अली जागा चार दिनदेखि छोरीको खोजीमा रहेका छन् । श्री मदरसा गरिब नमाज रझेना ३ मा कक्षा ७ मा अध्ययरत छोरीलाई जवरजस्ती ललाई फकाई भगाएको भन्दै पीडित परिवारले आज उजुरी दिएका हुन् । रिजवाललाई बालविवाह, बहुविवाह र जवरजस्ती करणीको मुद्दा सहित कानुनी कारबाहीको सहद अली जागाले माग गरेका छन् ।
पीडित परिवारले भनाईमा सफीनालाई कैलालीको टिकापुरबाट केटा पक्ष १० गते हात माग्न आउने तयारी गरेका थिए, केटी गायव भएपछि रद्ध भएको छ । पीडित परिवारले छोरी भगाउन गाउँकै अकबली जागा र मेराजुद्धिज जागाले सहयोग गरेको भन्दै उनीहरु विरुद्ध जाहेरी दिएका छन् ।