२१ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटान पहिलोपटक फाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकालाई पराजित गरेसँग भुटान सागको इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । शनिबार दशरथ रंगाशालामा भएको खेलमा भुटानले श्रीलंलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा भुटानले नेपालबाहेक बंगलादेश, माल्दिभ्स र श्रीलंकलाई पराजित गरेको थियो । भुटान नेपालसँग ४–० को गोलअन्तरले पराजित भएको थियो ।

शनिबारको खेलमा भुटानले १९ औं मिनेटमा छिमी दोर्जेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा त्यसलाई कायमै राखेको उसले ६९ औं मिनेटमा पेनाल्टी पायो, जसमा दावा छिरिङले कुनै गल्ती गरेनन् । खेलको ८९ औं मिनेटमा यासी दोर्जेले गोल गर्दै भुटानलाई ऐतिहासिक जित दिलाए ।