७ साउन, काठमाडौं ।

बुधबार राति गएको भूकम्पको ठूलै झट्का गयो । केन्द्रबिन्दु कहाँ भनेर पत्ता लगाउन लामै समय कुर्नु पर्यो । धेरैपछि भूकम्प मापन केन्द्र, लैनचौरको आधिकारिक साइटमा केन्दबिन्दु सिन्धुपाल्चोक भनेर आयो । सबैले यसैलाई आधार माने । तर पछि भूकम्प भने सिन्धुपाल्चोक नभई काठमाडौं केन्द्र भनेर आयो । यो कुराको पुष्टि पनि राष्ट्रिय भूकम्प मापन केन्द्रले नै गरेको थियो ।

भूकम्प मापन केन्द्रको टेबल आफै बोल्छ

table22

भूकम्प मापन केन्द्रले गरेको गल्ती अर्थात गलत तथ्यांकका कारण सबै मानिस रनभुल्ल त परे नै स्वयम केन्द्रले समेत गल्ती भएको भन्दै सच्याउनु पनि पर्यो ।
Earth-Quake

बुधबार राति १० बजेर १४ मिनेटमा काठमाडौँको भृकुटीमण्डपलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।