१४ असोज, एजेन्सी । के तपाईंलाई थाहा छ विश्वको १० प्रतिशत मानिसहरु शुद्ध भेजिटेरियन छन् । भेजिटेरियन हुनुको फाइदाको बारेमा सचेतना फैलाउनको लागि हरेक वर्ष अक्टोबर १ मा भेजिटेरियन दिवस मनाइन्छ । उत्तर अमेरिकन भेजिटेरियन सोसाइटीले आयोजना गरेको यो विशेष दिन ४० वर्षदेखि मनाउँदै आइरहेका छन् । हामीमध्ये धेरैलाई भेज र ननभेज खानेकुराको बारेमा ज्ञान नहुन सक्छ । कतिपय ननभेज आइटमलाई पनि हामीले भेज भन्ठानिरहेका हुन्छौं ।

ह्वाइट चिनीः अक्सर मानिसहरु आफ्नो चिया र कफीमा ह्वाइट चिनीको प्रयोग गर्ने गर्छौं । तर ह्वाइट चिनीमा शुगरले नेचुरल कार्बनको प्रयोग हुन्छ । ह्वाइट चिनीमा जनावरको हड्डीको केही भाग पनि मिसिएको हुन्छ ।

बियर वा वाइनः बियर र वाइन फलफूलबाट बन्ने भन्ने हामी सबैलाई लाग्नसक्छ । यस्ता कुराहरुमा आँखा चिम्लेर विश्वास गर्नुहुँदैन । रक्सीलाई सफा गर्नको लागि जुन पदार्थको प्रयोग गरिन्छ त्यो माछाको ब्लेडरबाट बनाइन्छ ।

जामः तपाईहरु बिहानै जाम र ब्रेड खान मनपराउनुहुन्छ होला । फलफूलको जाम भनेर बाहिर बिक्ने जाम शुद्ध भेजिटेरियन होइन । खासमा जाम बनाउनको लागि पुशहरुको शरीरमा भएको जिलेटिनको प्रयोग गरिन्छ ।

तेलः नेपालमा प्रयोग हुने एकदमै धेरै खानेकुराहरुमा तेलको प्रयोग हुन्छ । यदि तपाई शुद्ध शाकाहारी हुनुहुन्छ भने तपाईले खाने खानेकुरामा ओमेगा ३ फ्याट एसिड हुँदैन । शरीरमा भिटामिन डीको कमी पूरा गर्नको लागि केही तेलहरुमा माछाबाट निकालिने ओमेगा ३ मिसाउने गरिन्छ ।

दहीः दही दुधबाट बन्ने भएता पनि यसलाई भेज मान्नु उचित नहुने अनुसन्धानकर्ताहरुको तर्क छ । बजारबाट दही किन्नुअघि त्यसमा लेखिएको कुराहरुलाई राम्रोसँग पढ्नुहोस् । यदि त्यसमा जिलेटिन नामक पदार्थ मिसिएको भए त्यो दही भेज होइन ।