११ भदौ, भोजपुर । भोजपुरमा बम भेटिएको छ ।

भोजपुर नगरपालिका १२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा बम भेटिएको छ । बमलाई ११ बजेर ६ मिनेटमा फष्ट रैफल गण भोजपुरको डिष्पोज टोलीले डिस्पोजल गरेको छ ।

फाइल तस्बिर

साथै पुल निर्माणको लागि राखिएको एक्जाभेटरमा पनि अज्ञात समुहले आगजनी गरेको छ । मंगलबार राती अज्ञात समुहले पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पिखुला खोलामा प्रदेश सरकारको ६ करोड ५३ लाख लागतमा करिव एक हप्ता अगाडी पुल निर्माणको काम शुरु भएको थियो ।