२९ साउन, काठमाडौं । जनैपूर्णिमाको अवसरमा बिहीबार विभिन्न प्रदेशहरुले सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले बिदा नदिएपनि विभिन्न प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

जनैपूर्णिमाको अवसरमा प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै अन्य प्रदेशका पनि केही स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पर्वतका सातैवटा स्थानीय तहले बिहीबार जनैपूर्णिमाको लागि बिदा दिने घोषणा गरेका छन् । बाग्लुङमा पनि जैमिनि नगरपालिकाले बिदा दिने घोषणा गरेको छ ।

यस्तै मगुको रारा नगरपालिकाका साथै गुल्मीका पाँचवटा स्थानीय तहले पनि बिदा दने घोषणा गरेको छ । रुरु, सत्यवती, चन्द्रकोट, छत्रकोट र गुल्मी दरवार गाउँपालिकाले सूचना जारी गरी सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।