२९ साउन, काठमाडौं । प्रदेश २ सरकारले रक्षाबन्धन (जनै पूर्णिमा)को दिन बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ सरकारले बुधबार एक शुभकामना सन्देश जारी गर्दै रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जारी गर्नु भएको शुभकामना सन्देशमा लेखिएको छ, ‘रक्षाबन्धन पर्वको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु ।’