२५ साउन, काठमाडौं । इटहरीमा भ्यानको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।

इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति अन्दाजी ४० वर्षका पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो । पैदलयात्रीको पहिचान खुलेको छैन । मृतकको शव जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

भ्यान तीब्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । भ्यान चालक बराहक्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीयको रवीन दुलाललाई प्रहरी नियन्त्रणमा लिएको छ ।