११ असोज, काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीको कुटपिटपछि हास्यकलाकार केदारप्रसाद घिमिरेले फेसबुकमा गज्जबको स्टाटस लेखेका छन् ।

उनले एक स्टाटस लेख्दै शनिबार भ्रष्टाचारको विरुद्धकमा बोल्नेलाई मुक्का, दुई तिहाईको उपाहार केवल उखान टुक्का भन्दै सरकारको व्यङ्ग्य गरेका छन् । साथै उनले अन्तिममा लोकतन्त्रमा फरक मत भनी पनि लेखेका छन् ।

चितवनको चौबिसकोटीमा राखेको भ्रष्टाचारविरुद्धको खबरदारी सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथाल्दैशाहीमाथि कुटपिट गरेका थिए ।

चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको थियो । उनलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्‍याएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।