२ पुस, एजेन्सी ।
विश्वका सबैभन्दा शक्तिशाली ब्यक्तिको सूचीमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कहिले पनि नमर्ने अर्थात अमरत्व प्राप्त ब्यक्ति रहेको भन्दै पश्चिमा सञ्चार माध्यमहरुमा सनसनी मच्चिएको छ ।
भ्लादिमिर पुटिन विगत १०० वर्य देखि उस्तै रहेको भन्दै केही कन्स्पिरेसी अर्थात रहस्यमय सिद्धान्तकारहरुले पुटिनको तस्विरका आधारमा यस्तो विश्लेषण गरिररहेका छन् ।
पुटिनको जन्म पनि रहस्यमय तरिकाले भएको र उनी कहिले पनि नमर्ने ब्यक्ति भएको यी सिद्धान्तकारहरुको मत छ ।
डिस्क्लोज डट टिभी भन्ने वेबसाइटले पछिल्लो पटक सार्वजनिक गरेको पुटिनको सन् १९२०को भनिएको तस्विरमा पुटिन अहिले जस्तै देखिएका छन् ।
१९२०, १९४१ र २०१५ को तस्विर तुलना गरेर राखिएको उक्त तस्विरमा पुटिन बदलिएका छैनन् । संसारकै शक्तिशाली ब्यक्तिको सूचीमा निरन्तर परिरहेका पुटिनबारे रुसमा समेत अनेक कहानी चर्चित छन् ।
रुसी सेनाले खिचेको भनिएको १९२० को तस्विर पनि पुटिनको जस्तै देखिन्छ । यही तस्विरको आधारमा उनलाई अमरत्व प्राप्त ब्यक्ति भनिएको छ ।
विकिपेडियाका अनुसार भ्लादिमिर पुटिनको जन्म सन् अक्टोबर ७, १९५२ मा भएको थियो ।
भ्लादिमिर पुटिनसँग ५८ विमान, ७०० कार र २० दरवार (फोटो फिचर)
यस अघि पनि पुटिनको बारेमा अनेक रहस्यकथाहरु सार्वजनिक भैसकेका छन् ।