२८ असोज, काठमाडौं । ललितपुरमा एक किशोरी बलात्कृत भएकी छन् ।

ललितपुर महानगरपालिका–१७ मंगलबजार डेरा गरी बस्ने १६ वर्षीया किशोरीमाथि बलात्कार भएको हो ।

rape
rape-file photo

बलात्कारको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका–६ घर भएका २१ वर्षीय सुन्दर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले किशोरीलाई आफ्नो कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको महानगरीय प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।