७ माघ, काठमाडौं । साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँम कारोबार हुँदा तेजाबी सुनको मूल्य ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोज कुमार झाले जानकारी दिए । झा का अनुसार आज चाँदीको मूल्य ८ सय ९५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ७४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य भने ८ सय ९० रुपैयाँ प्रतितोला कारोबार भएको थियो ।