२५ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको खेलतालिका सार्वजनिक भएको छ । बुधबार अखिल नेपाल फुटलब संघ (एन्फा)ले खेलतालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार पहिलो खेल मंसिर २८ मछिन्द्र क्लब र बिग्रेड ब्वाइज क्लबबीच हुँदैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । शहिद स्मारक ए डिभिजन लिग भूकम्पपछि पहिलोपटक दशरथ रंगाशालामा हुन लागेको हो ।

यसअघि २०७१ सालमा शहिद स्मारक ए डिभिजन लिग यस मैदानमा भएको थियो । लिगमा १४ टीमको सहभागी हुँदैछन् । लिगका खेलहरु डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइने छ ।