२० साउन, काठमाडौं ।
हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेत विमानस्थलका लागि उडेको मकालु एयरलाईन्सको कार्गो विमान दुर्घटनामा परेको छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि २ पटक चीन अगाडी

सिमिकोट विमानस्थलबाट दिउँसो ३ बजेर ५५ मिनेटमा उडेको किलो चार्ली कलसाइनको सिंगल ईन्जिन विमान दुर्घटनामा परेको हो । सिमीकोट विमानस्थलबाट उडेको १० मिनेटपछि नै ईन्जिनमा खराबी आएपछि विमान हिल्दुम खोला नजिकै फोर्स ल्याण्डिङ गराउँदा दुर्घटनामा परेको नेपालगन्जस्थित राँझा विमानस्थलले जनाएको छ ।

यस्तो छ प्रचण्ड चढ्ने गाडी (तस्विर सहित)

विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरुको अवस्था अहिलेसम्म सामान्य रहेको नेपालगन्ज विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर सन्तोष अधिकारीले बताए । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरि हुम्ला लगिएको छ ।