२६ असार, बटोर । मङ्गोलियका पूननिर्वाचित राष्ट्रपति साखिया एलबेगदोर्जले बुधबार पुनः सपथग्रहण गरेका छन् र उनले पर्याप्त स्रोतयुक्त मुलुकमा द्रुत प्रगति गर्ने बचन दिएका छन् ।

सपथग्रहण पहिलोपटक उलान बटोरमा अवस्थित जहाँगिस खानको ठूलो मूर्तिअगाडि भएको थियो । यी शासकले ८०० वर्ष अगाडि मङ्गोलियालाई एकीकरण गरेका थिए ।

एलबेगदोर्जले सेतो परम्परागत पहिरनमा सपथग्रहण गर्दा हजारौँ समर्थकले खुसी व्यक्त गरेका थिए ।

सोभियत सङ्घमा तालिम प्राप्त गरेका पूर्व सैनिक पत्रकार तथा हावार्ड स्नातकले मङ्गोलियालाई सन् १९९० मा एकदलीय प्रणालीबाट मुक्त गरिदिनुभएको थियो र उनले दुई पटक प्रधानमन्त्री पद सम्हाल्नुभएको छ । उहाँ सन् २००९ मा पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । एएफपी