२४ पुस, काठमाडौं ।

मधेश आन्दोलनको आगामी स्वरुप कस्तो हुने भन्ने विषयमा केन्द्रित मधेशी मोर्चाको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

तमलोपाको केन्द्रिय कार्यालयमा बसेको बैठकमा नेताहरुले भावी आन्दोलनको स्वरुपबारे फरक फरक धारणा राखेपछि सहमति जुट्न नसकेको हो ।

Morcha meeting - Laxman lal karna

विवादका कारण बैठक शनिबार पुनः बस्ने भन्दै टुङ्गिएको छ । बैठकमा सहमति नजुटेपछि संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव च्याँठिएर बैठकस्थलबाट बाहिरिएको एक नेताले हेडलाइन्सलाई बताए ।

मधेश आन्दोलन भन्दा पनि नाकाकै आन्दोलनका कारण आफ्नो अस्तित्व देखाइरहेको मधेशी मोर्चाले सरकारसँगको विवाद वा माग भन्दा पनि मधेशी मोर्चाभित्र देखिएको विवाद र अस्तित्व संकटको डरले नाकाको अवरोध फिर्ता लिने निर्णय गर्न नसकेको विश्लेषकहरुले बताएका छन् ।

सत्तारुढ–विपक्षी र मधेशी मोर्चाको हिजो बैठकमा के–के भयो

मधेशी मोर्चाले किन गरेन नाका अवरोध फिर्ताको घोषणा !