काठमाडौं ।

केही दिन यता चर्चा थियो १९ गते अर्थात (हिँजो आइतबार) बस्ने मधेशी मोर्चाको बैठकमा नाकामा गरिरहेको अवरोध फिर्ता लिनेबारे छलफल हुन्छ र नाकाबन्दीको आन्दोलन फिर्ता हुन्छ । तर त्यसो भएन । उल्टो सरकारसँग हुने भनिएको निर्णायक वार्ता पनि कर्मकाण्डी जस्तै देखियो नतिजाको स्तरमा ।

मधेश आन्दोलन भन्दा पनि नाकाकै आन्दोलनका कारण आफ्नो अस्तित्व देखाइरहेको मधेशी मोर्चाले आखिर किन लिएन त नाकाबन्दी फिर्ता ? खास कारण सरकारसँगको विवाद वा माग भन्दा पनि मधेशी मोर्चाभित्र देखिएको विवाद र अस्तित्व संकटको डरले यस्तो भएको विश्लेषकहरुले बताएका छन् ।

Madheshi leader india

दिल्लीबाटै महतोको घुर्कीः नाकाबन्दी खोल्ने होइन अझै कडा पार्ने

सत्तारुढ एमाले, एमाओवादी र कांग्रेसले संयुक्तरुपमा संविधान संसोधनका लागि अघि सारेको प्रस्तावलाई मन्त्रीपरिषदले पारित गरेपछि भारतबाट त्यसको स्वागत भयो । पछिल्लो समय नाकाबन्दी खोल्न दवावमा परिरहेको भारतले मधेशी मोर्चाका नेताहरुलाई अव नाका छोड्न निरन्तर दवाव दिँदै आएको छ । तर नाकाबन्दी कायम रहेमात्र सरकारलाई झुकाउन सकिने विश्लेषणमा रहेका मधेशवादी दलका घटकहरुबीच नै अव के गर्ने र कसरी अघि बढ्ने भन्ने अन्यौल छ ।

rajendra mahato 1

मोर्चाको प्रमुख घटक सदभावना पार्टी नाका केन्द्रीत आन्दोलाई झन् कडा पार्नुपर्ने पक्षमा देखिएपछि मोर्चाकै अस्तित्व समेत संकटमा परिसकेको छ । पछिल्लो समय संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोबीच सार्वजनिकरुपमा नै हिलो छ्याप्ने क्रम शुरु भैसकेको छ । एक अर्कालाई निषेध गर्ने र मधेशको सच्चा नेता आफू बन्ने होडमा रहेका यी २ नेताको टक्कर बैचारिक भिन्नताका कारण पनि झाङ्गिएको छ । सदभावना अध्यक्ष राजेन्द्र महतोको ढिपीका कारण नै आइतबार मोर्चाको बैठकले नाका धर्ना फिर्ता लिने निर्णय गर्न नसकेको बताइएको छ । सदभावना नाका केन्द्रीत आन्दोलन फिर्ता लिनु आत्मघाति हुने निष्कर्ष सहित मोर्चाका अन्य तीन घटकले त्यस्तो निर्णय गरे आफू मोर्चाबाट अलग भई स्वतन्त्र आन्दोलन चलाउने भित्री तयारीमा छ । अहिले दिल्लीमा रहेका महतोको एक्लै नाकाधर्ना जारी राख्ने धम्की दिएपछि मोर्चाका नेताहरु हच्किएका हुन् । दिल्लीबाटै महतोको घुर्कीले काठमाडौंमा रहेका मधेशी मोर्चाका नेताहरु कर्तब्य बिमुड बन्न पुगेका छन् । शनिबार सदभावनाले एकलौटीरुफमा आन्दोलन चर्काउने योजना सार्वजनिक गरेपछि मोर्चाभित्र देखिएको चिरा झनै प्रष्ट भएको थियो । महतोको हटकै कारण मधेशी मोर्चाका अन्य दललाई समेत नाकाधर्ना फिर्ता लिन कठिन भएको मधेश मामला जानकारहरु बताउँछन् ।

Madhesi Morcha Press Conference

आइतबार नेपाली काग्रेस, नेकपा एमाले, एकीकृत माओवादीले मधेसी मोर्चाले राखेका ११ बुँदे माग सम्बोधनका लागि कार्यदल गठन गरी त्यसकै सुझावका आधारमा समस्या समाधान गर्ने प्रस्ताव गरेका थिए । मोर्चामा सोमबार छलफल गरेर कार्यदलमा पठाउने व्यक्तिको टुंगो लगाउने मधेशी मोर्चाका नेताहरुले जानकारी दिएका छन् । यद्यपी सदभावना पार्टीले भने मोर्चाको बैठकमा सहभागि भएपनि कार्यदलमा आफ्ना प्रतिनिधि नपठाउने बताएको छ ।

सदभावना पार्टीका महासचिव मनिस कुमार सुमनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्र महतो माथि भएको आक्रमण प्रति सरकारले माफि नमागेसम्म सरकारसँग हुने वार्तामा पनि सहभागि नहुने र कार्यदलमा पनि प्रतिनिधि नपठाउने बताए ।

बालुवाटारमा महन्थको चेतावनी

राजेन्द्र महतोको लिँढे ढिपीकै कारण मात्र नभएर आफैले नेतृत्व गरेको आन्दोलनको निष्कर्षविहिनताबाट दिक्क भएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पुरा नभए मधेश आन्दोलन झनै जटिल मोडमा पुग्ने चेतावनी दिएका छन् ।

CPN congress maobadi, 3Dal meeting with Morcha

आइतबार राति बालुवाटारको बैठकमा उनले अव आन्दोलन आफूहरुको नियन्त्रणबाट बाहिर जाने सम्भावना झल्काउँदै बरु छिटो भन्दा छिटो सम्झौता गर्नु बुद्धीमानी हुने संकेत गरेको बैठकमा सहभागी एक नेताले हेडलाइन्सलाई बताए । यस अघि नै १९ गतेको बैठकमा नाकाबन्दी खोल्नेबारे छलफल हुने स्वीकार गरेका महन्थले दिएको चेतावनीसँगै मधेशी मोर्चाका नेताहरु आफूहरु आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन नसकिने अवस्थामा रहेको स्वीकारोक्ति पनि सार्वजनिक भएको छ । मधेश आन्दोलनलाई अव सेटल नगरे यो अतिबादीको हातमा जान सक्ने र यसले साम्प्रदायिक स्वरुप लिन सक्ने संकेत महन्थले गरेपछि सत्तारुढ दलका नेताहरु पनि गम्भिर भएको बताइएको छ ।

मधेशको दृष्य

फिर्ता हुने भनिएको नाकबान्दी फिर्ताको निर्णय झनै चर्काउने संकेत मधेशी मोर्चाका कार्यकर्ताले दिएका छन् । सोमबार सप्तरीको राजविराजमा उग्र प्रदर्शन भएको छ भने गौरमा पनि आन्दोलनमा मारिएकाको शव प्रदर्शन सहित स्थानीय मधेशी जनसमुदाय सडकमा आएका छन् । अहिले सम्मकै ठूलो राजबिराजको प्रदर्शनमा सहभागी युवा तथा विद्यार्थीले मधेश आन्दोलन झनै चर्काउने र अन्तिम धक्का दिने उद्घोष गरे । नारावाजी सहित राजविराजमा देखिएको प्रदर्शन र युवाहरुले दिएको चेतावनीले महन्थले भने जस्तै आन्दोलन अहिलेका नेताहरुको नियन्त्रणबाट बाहिर जाने सम्भावना बढेको देखाएको छ । यस्तो हुँदा मधेश आन्दोलनकै कारण मधेशी र नेपाली जनताले झनै दुःख पाउने तथा मधेश आन्दोलनको पनि टुङ्गोविहिन उग्रता बढ्दै जाने खतरा समेत देखिएको छ ।

आफुलाई मधेशका मसिहा ठान्नेहरु भ्रममुक्त भए हुन्छ- प्रचण्ड

भारतको अनौठो सन्देश : चीनका कारण वीरगञ्जमा नाकाबन्दी

सीके राउतका कार्यकर्तामाथि राज्यविरुद्ध अपराध मुद्धा