२० मंसिर, काठमाडौं ।

काठमाडौंमा समाधान नभेटेपछि दिल्ली मिसनमा रहेका आन्दोलनरत मधेसी मोर्चा आवद्ध दलका शीर्ष नेताहरु नयाँ दिल्ली पुगेका छन् ।

सीमा नाका अवरोध र नेपालको पछिल्लो राजनीतिक तनाबकाबीच उनीहरु सामूहिक दिल्ली दौडाहामा गएका हुन् ।

madhesi morcha press meet (1)

फाइल तस्विर

हिजो भएको प्रमुख तीन दलसँगको वार्ता विना निष्कर्ष टुंगिएपछि आज बिहानै तमलोपाका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब दिल्लीतर्फ गएका हुन् । सतहमा आएको दिल्लीको सन्देश चित्त नबुझेपछि उनीहरु दिल्ली गएका हुन् ।

किन बोलाइयो मोर्चाका नेतालाई दिल्ली ?

सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव पटना हुँदै हिजै दिल्ली पुगिसकेका छन । मोर्चाका नेताहरुले पछिल्लो राजनीतिक अवस्थाबारे विचार आदानप्रदानका लागि दिल्ली जान गएको भन्दै त्यहां भारतीय प्रधानमन्त्री, विदेशमन्त्री, प्रमुख विपक्षी दलका नेता लगायतसंग भेट हुने बताएका छन् ।

तीन दलको तीन बुँदे प्रस्तावमा मोर्चाको तीन बुँदे असहमति

मोर्चाका नेताहरुको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वाराज, प्रमुख विपक्षी दल कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धी लगायतसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

उता मधेसमा छुट्टै मोर्चा बनाएर आन्दोलन गरिरहेका साना मधेसी दलहरुका नेता पनि दिल्ली गइसकेका छन् । संघीय मधेसी मोर्चामा आबद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव लगायत नेताहरु केही दिनदेखि दिल्लीमै छन् ।

सरकार र मुख्य दलहरुसंगको बार्तामा सहमती बन्न नसकिरहेको अबस्थामा मोर्चाका शीर्ष नेताहरु दिल्ली दौडाहामा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अव नेपालको राजनीतिमा दिल्लीको भूमिका निर्णायक हुने पनि देखिएको छ ।