२७ कात्तिक, भोजपुर । भोजपुरको अरुण गाउँपालिकास्थित जरायोटारमा केही व्यीक्तले तीन जना कृषकको बाख्रा काटिदिएका छन् ।

सोमबार राति खोरमा बाँधिरहेका बाख्रा काटिएको हो । मंगलबार विहान हेर्दा बाख्रा टाउको छिनेको अवस्थामा भेटिएका थिए । अरुण गाउँपालिका ६ खर्काउनेका भरत विश्वकर्माको ३, बाबुराम विश्वकर्माको ३ र रणबहादुर विश्वकर्माको एउटा बाख्रा काटिएको हो ।

नेकपा अरुण गाउँपालिकाले आज विज्ञप्ती नै जारी गरेर दोषीको पहिचान गरी कारवाहीको माग गरेकाे छ । त्यहि समूहले केही पसलमा पनि तोडफोड गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।