२१ साउन, कपिलवस्तु । शिवराज नगरपालिका वडा नं ४ चनईमा गोमन सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।

सुतिरहेको बेलामा खुट्टामा दुई ठाँउमा गोमनले टोकेर ७ वर्षीय मनोज कोहारको मृत्यु भएको हो ।

तीनजना सँगै सुतेको भएपनि गोमनले मनोजलाई डसेको वडा नं ४ का वडाअध्यक्ष सफिक अहमद मुसलमानले जानकारी दिनुभयो ।

मनोजलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उहाँको भनाइ छ ।