२७ कात्तिक, एजेन्सी । मध्यराति भूत बनेर आम सर्वसाधारणलाई तर्साउने सात जना पक्राउ परेका छन् । भारतको बैंगलोरस्थित यशवन्तपुरको सडकमा भूत बनेर सडकमा मानिसहरुलाई तर्साउने गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु सबै २० देखि २२ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ । उनीहरु मध्यरातमा सेतो कपडा लगाउने र लामो नक्कली कपाल हालेर सडकमा निस्किने र मानिसहरुलाई लखेट्ने गरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनीहरुले यो सबै प्रयांक(रमाइलो) भिडियो बनाउनका लागि गरेको बताएका छन् ।

राति २ बजे २० बर्षीय शान खालिक र उसका साथी प्रयांक भिडियो बनाउन निस्किए । त्यतिबेलै प्रहरीले उनीहरु दुई जनालाई पक्राउ गरेर सोधपुछका आधारमा अरु ५ जनालाई पनि पक्राउ गरेको हो । हालै यिनीहरुले बनाएको एक भिडियो भाइरल भएको छ । जहाँ उनीहरु सेतो कपडा र लामो कपाल लगाएर मध्यराति सडकमा निस्किएका छन् र आफ्नो गन्तब्यमा हिँडेका अटोरिक्सा चालक आफ्नो सवारी ब्याक गरिरहेका छन् । पैदल यात्रु र सवारी चालकको ब्यापक गुनासो पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।