१ कात्तिक, महोत्तरी । बर्दिवास नगरपालिका–९ स्थित एक विद्यालयबाट गएराति कम्प्युटर चोरी भएको छ ।

????????????????????????????????????

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार बर्दिवास–९ स्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुलाबाट १५ थान कम्प्युटर, एक थान प्रोजेक्टर र तीन थान राउटर चोरी भएको हो ।

बन्द रहेको विद्यालयको ताल्चा फुटाई लाखौँ मूल्य पर्ने कम्प्युटरलगायत सामान चारी भएको अधिकारीले बताए । चोरीमा संलग्न व्यक्तिको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस