२७ माघ, एजेन्सी । भारतको बैंगलुरुमा एक महिलाको घरमा आधारातमा कण्डमको प्याकेट फ्याँक्न शुरु गर्न थालेपछि घटनाले चर्चा पाएको छ । कण्डमको प्याकेट फ्याँक्नुअघि उनको घरको ढोका ढकढक्याउने गरेको महिलाको भनाइ छ ।

महिलाले प्रहरीमा दर्ता गरेको उजुरीमा एक मानिस रातको समय आउने र घरको ढोका ढकढकाउने गर्छन् । ढोका नखोलेपछि झ्यालबाट बत्ति बाल्ने र निभाउने पटकपटक गर्छ । ढोका नखोलेपछि उनले झ्यालको प्वालबाट कण्डमको प्याकेट भित्र फालेर भाग्ने गर्छन् ।

दैनिक रुपमा यस्तो क्रियाकलाप हुन थालेपछि महिलाले प्रहरीमा उजुरी गरेकी हुन् । प्रहरी पुग्नुअघि नै उक्त मानिस त्यहाँबाट भागेका थिए । महिलाले बिहान आफ्नो कोठमा कण्डमको प्याकेट भेटेकी थिइन् । प्रहरीले अहिले आरोपीको खोजी गरिरहेको छ । सिसिटिभी फुटेज हेर्दै प्रहरीले अनुसन्धान थालेको छ ।