१२ भदौ, काठमाडौं । राजधानीका तीन छुट्टाछुट्टै स्थानमा चोरी भएको छ । तीन ठाउँमा गरेर ७ लाख ५९ हजार बराबरको चोरी भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

तारकेश्‍वर नगरपालिका–१ मनमैजु बस्ने दिपक थापाको घरबाट करिब २ लाख ८० हजार रुपैयाँ मूल्यबराबरकोसुनका विभिन्न गरगहनाबुधबार दिउँसो चोरी भएको छ ।

फाइल तस्बिर

चन्द्रागिरी नगरपालिका–१४ तिनथाना बस्ने दुर्गाबहादुर बमको टहराबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–७ चाबहिल बुलबुले डेरा गरी बस्ने मोरङ बिराटनगर घरभएका प्रदिपराज दाहालको कोठाबाटनगद ३० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करिब ३ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।